काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टन (बिडब्लूएफ) को जुनियर वरियतामा ठूलो छलाङ मारेका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले आज जारी गरेको जुनियर वरियतामा प्रिन्सले १९ स्थान सुधार गर्दै ३९औं स्थानमा पुगेका हुन्।
पछिल्लो समय विदेशमा भएका जुनियर सिरिजहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका प्रिन्सले केही दिनअघि काठमाडौंमा सम्पन्न अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिजमा सेमिफाइनलसम्मकाे यात्रा तय गरेका थिए।
अन्तर्राष्ट्रिय सिरिजमा सेमिफाइनल पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।
विश्व वरीयतामा यो प्रिन्सको अहिलेसम्मकै उत्कृष्ट वरियता हो ।
१५ सेप्टेम्बरमा दुबईमा भएको दुबई जुनियर इन्टरनेशनल सिरिज २०१९ मा प्रिन्सले भारतीय खेलाडी बरुण कपुरलाई हराउँदै स्वर्ण पदक जितेका थिए। बरुण भने वरियतामा शीर्ष १० मा छन्। बरुणलाई हराउँदै स्वर्ण जितेपछि प्रिन्स १०४ बाट ठूलो छलाङ मार्दै ५४औं स्थानमा पुगेका थिए।
" /> काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टन (बिडब्लूएफ) को जुनियर वरियतामा ठूलो छलाङ मारेका छन्।विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले आज जारी गरेको जुनियर वरियतामा प्रिन्सले १९ स्थान सुधार गर्दै ३९औं स्थानमा पुगेका हुन्।

">