नेपाल जिम्बावेसँग ४० रनले पराजित

काठमाडौं। सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । यही सिरिज अन्तर्गत नेपाल यस अघि १० खसोजमा पनि जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।

आज इन्डियन एसोसिएसन ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो ।

नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन मात्रै जोड्न सक्यो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले २५, करण केसीले १८ र कप्तान पारस खड्काले १२ रन बनाए । जिम्बावेका सेन विलियम्सले तीन र टिनोटेन्डा मुटोम्बोड्जीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाए पनि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उकासेका थिए । विलियम्सले ५३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामील दुई दुई विकेट लिएका थिए । कप्तान पारस खड्का र अभिनाश बोहोराले एक एक विकेट लिए । नेपालले अब सिरिजको अन्तिम खेल भोली सिंगापुरविरूद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्