युसीएल : बायर्न, युभेन्ट्स, पीएसजी र एट्लेटिको विजयी, रियल बराबरीमा रोकियो

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा जर्मन क्लब वायर्न म्युनिखले फराकिलो जित हात पारेको छ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी, इटालियन क्लब युभेन्ट्स इंग्लिस क्लब म्यानचेष्टर सिटी र स्पानिस क्लब एट्लेटिको मड्रिडले पनि जित हात पारेका छन्।

अर्को स्पानिस जायन्ट रियल मड्रिडले भने च्याम्पियन्स लिगमा खराब प्रदर्शन जारी राखेको छ। रियल बेल्जियन क्लब ब्रुगसँग बराबरीमा रोकिएको हो।

समूह ए मा पिएसजीले लगातार दोस्रो जित हात पार्ने क्रममा टर्कीस क्लब गालातासारेलाई १-० ले हरायो। पीएसजीका लागि माउरो इकार्डीले एक मात्र गोल गरे।

जितपछि पीएसजी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा पिएसजीसँग हारेको रियल दोस्रो खेलमा ब्रगसँग २-२ को बराबरीमा रोकियो।

दश खेलाडीमा झरेको ब्रगका लागि एमानुएनल डेनिसले दुवै गोल गरे। रियलका लागि सर्गियो रामोस र कासेमिरोले १-१ गोल गरे।

यसैगरी सर्जी नाब्री एक्लैले चार गोल गरेपछि बायर्नले टोटनहम हट्सपरलाई ७-२ ले हरायो। जर्मन क्लबका लागि रोववर्ट लेवान्डास्कीले दुई तथा जोसुअ किमिचले एक गोल गरे।

यस्तै टोटनहमका लागि हेउन मिन सन र ह्यारी केनले १-१ गोल गरे। लगातार दोस्रो जितपछि वायर्नको ६ अंक छ। यसै समूहको अर्को खेलमा जेज्दाले ओलम्पियाकोसलाई पराजित गर्दै ३ अंक जोडेको छ।

समूह सी मा म्यानचेष्टर सिटीले डाइनामो जाग्रेबलाई २-० ले पारजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। सिटीका लागि रहिम स्टर्लिङ र फिल फोडेनले गोल गरे। पहिलो खेलमा सिटीसँग पराजित साख्तर डोनेस्कले एटलान्टालाई पराजित गर्दै पहिलो ३ अंक जोडेको छ।

उता समूह डी मा पहिलो खेल एक आपसमा बराबरी खेलेका युभेन्ट्स र एट्लेटिकोले पहिलो जित हात पारेका छन्। युभेन्ट्सले वायर लेभरकुजनलाई ३-० ले पराजित गर्‍यो। उसका लागि गोन्जालो हिग्वेन, बर्नाडेसी र क्रिस्टियानो रोनाल्डोले गोल गरे।

एट्लेटिकोले लोकोमोतिभ मस्कोलाई २-० ले हरायो। एट्लेटिकोका लागि जाओ फेलिक्स र थोमसले एक(एक गोल गरे। समूह डी मा युभेन्ट्स र एट्लेटिकोको समान ४ अंक छ।

प्रतिक्रिया दिनुहोस्