आइसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल
काठमाडौं। आइसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा झरेको छ।

यसअघि ११ औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १२ औं स्थानमा पुगेको हो। स्कटल्याण्ड नेपाललाई उछिन्दै ११ औं स्थानमा पुगेको छ।

नेपालभन्दा पछाडि युएई, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड रहेका छन्।

नेपाल र स्कटल्याण्डको समान एक सय ९४ रेटिङ प्वाइन्ट रहे पनि वेट प्वाइन्टका आधारमा नेपाल स्कटल्याण्ड भन्दा पछाडि परेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्