दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनमा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने <p>काठमाडौं। माल्दिभ्सको अदु सिटीमा ५ अक्टुबरदेखि शुरु हुने दक्षिण एसियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसिपमा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।&nbsp;</p> <p>पछिल्लो सयम अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्टार प्रिन्स दाहालसहित प्रफुल महर्जन, रुकेश महर्जन, जेसिका गुरुङ, रशिला महर्जन र सिमा राजवंशीले माल्दिभ्समा प्रतिस्पर्धा गर्नेछन्।</p> <p>माल्दिभ्स जाने टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतले बिदाई गरे।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्