डीपीएल फागुनमा हुने

धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा डीपीएलको चौथो संस्करण ३ फागुनदेखि १५ फागुन (१५ देखि २७ फेब्रुअरी) सम्म आयोजना हुने धनगढी क्रिकेट एकेडेमी अध्यक्ष सुवास शाहीले विज्ञप्तिमार्फत् जनाएका छन्।

६ सहरका ६ फ्रेन्चाइज टीमले प्रतिस्पर्धा गर्ने लिगका खेलहरू धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ।

लिगमा गत संस्करणको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो।

देशकै सर्वाधिक राशिको प्रतियोगितासमेत रहेको डीपीएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रकम हात पारेको थियो ।

डीपीएल नेपाली क्रिकेटमा अक्सनबाट खेलाडी छनोट गर्ने पहिलो लिगसमेत हो।

प्रतिक्रिया दिनुहोस्