रजनीको स्वागत

काठमाडौं। इन्डोनेसियाको बताममा भएको ५३ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आज स्वागत गरेको छ ।

उक्त च्याम्पियनसिपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेर समूहमा कास्य जितेकी थिइन् ।

रजनी र टोली प्रमुख दिनेश राजभण्डारीलाई शारीरिक सुगठनका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ, महासचिव राजन श्रेष्ठलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अध्यक्ष श्रेष्ठले रजनीलाई व्यक्तिगत रूपमा १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्रोत्साहन स्वरूप प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्