काठमाडौं। अहिले दशैँको माहोल छ। तर नेपालको सिनियर राष्ट्रिय क्रिकेट टिम भने ओमानमा छ।
दशैँ शुरु हुनुअघि नै सिंगापुरमा ट्राई नेशन टी-२० सिरिज खेलेको नेपाली टोली उतैबाट ओमान पेन्टागुलर (पाँच राष्ट्र) टी-२० आई सिरिज खेल्न ओमान पुगेको हो। जहाँ घरेलु टोली ओमानसहित आयरल्याण्ड, नेदरल्याण्ड र हङकङसँग नेपालले प्रतिस्पर्धा गर्दैछ।
ओमान क्रिकेटले यो सिरिज सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० क्रिकेट विश्वकपको लागि युएईमा हुने ग्लोबल क्वालिफायरका लागि तयारीको रुपमा आयोजना गरेको हो। तर, नेपाल भने ग्लोबल क्वालिफायर पुग्न सकेन। त्यसैले नेपालको लागि यो सिरिज विपक्षीसँग खेल्ने मौका र आफ्नो प्रदर्शनलाई सुधार गर्ने अवसरको रुपमा रहेको छ।
१० देखि १६ असोजसम्म सिंगापुरमा भएको सिरिजमा नेपालले एक खेल मात्र जित्न सकेको थियो। टेष्ट नेशन जिम्वेसहित घरेलु टोली सिंगापुर सम्मिलित सिरिजमा नेपालले सिंगापुर विरुद्धको एक खेल मात्र जित्यो। नेपालले जिम्बावे विरुद्ध दुवै खेल हारेको थियो। सिंगापुर विरुद्धको अन्तिम खेल भने वर्षाका कारण रद्ध भएको थियो।
आगामी १५ देखि २५ मंसिरसम्म नेपालमै १३औं दक्षिण एसियाली खेलकुद आयोजना हुँदैछ। त्यसैको तयारीको रुपमा नेपालले सिंगापुर र ओमानको सिरिजलाई लिएको छ। त्यसैले यो पटक टिममा दुई नयाँ अनुहारसहित युवा खेलाडीको बाहुल्य छ। युवा खेलाडीद्वय कुशल मल्ल र इशान पाण्डेले पहिलो पटक सिनियर टिममा स्थान बनाउँदै सिंगापुरमा डेब्यु गरिसकेका छन्। तर, उनीहरुले सोचेअनुसारको खेल भने देखाउन सकेका छैनन्। ओमानमा नेपालले ४ खेल खेल्ने भएकोले ती खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पाउनेछन्।
सिंगापुर जानुअघि उपकप्तान दिपेन्द्र सिंह ऐरीले युवा खेलाडीको लागि यो सिरिज आफूलाई प्रमाणित गर्ने अवसरका रुपमा बताएका थिए। कप्तान पारस खड्काले नयाँ खेलाडीको लागि चुनौती र अवसर दुवै हुने बताएका थिए। सिंगापुरमा कप्तान पारसले शतक प्रहार गरेका थिए। उनकै शतक मद्दतमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो।
ओमानमा नेपालले खेल्ने प्रतिद्वन्द्वीहरु पुरानै छन्। अन्य चार टोलीसँग नेपालले यसअघि विभिन्न प्रतियोगितामा खेलिसकेको छ। त्यसैले यस पटक नेपाल र खेलाडीलाई आफ्नो स्तर जाँच्ने र थप एक्सपोजर लिने मौका हुनेछ।
ओमान सिरिजमा नेपालको खेल तालिका
१९ असोज : नेपाल भर्सेस हङकङ
२० असोज : नेपाल भर्सेस नेदरल्यान्ड्स
२२ असोज : नेपाल भर्सेस आयरल्यान्ड
२३ असोज : नेपाल भर्सेस ओमन
नेपाली टीम:
पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाश बोहरा, ललितनारायण राजवंशी, सुशन भारी, इशान पाण्डे
यस्तो छ, विपक्षी टिमसँग नेपालको हेड टु हेड:
१, नेपाल भर्सेस हङकङ हेड टु हेड
नेपाल र हङकङबीच टी २० मा अहिलेसम्म ५ खेल भएको छ। जसमा नेपालले ३ खेल जित्दा हङकङले २ खेल जितेको छ।
टी २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा भने नेपालले एक खेल मात्र जितेको छ। नेपाल र हङकङबीच चार खेल भने वर्षाले प्रभावित भएको थियो।
२०१२ आइसीसी वर्ल्ड टी २० क्वालिफायर
नेपाल २८ रनले विजयी
२०१३ आइसीसी वर्ल्ड टी २० क्वालिफायर
नेपाल ५ विकेटले विजयी
२०१४ टी २० क्रिकेट विश्वकप
नेपाल ८० रनले विजयी
२०१४ नेपाल टुर टु श्रीलंका
हङकङ २ विकेटले विजयी
२०१५ आइसीसी टी २० वर्ल्ड क्वालिफायर
हङकङ ५ विकेटले विजयी
२, नेपाल भर्सेस नेदरल्याण्ड्स हेड टु हेड
नेपाल र नेदरल्याण्ड्सबीच पछिल्लो पटक २०१८ मा लर्ड्समा मेरीलेबोन क्रिकेट ट्राई नेशन सिरिज भएको थियो। तर वर्षाले प्रभावित उक्त खेल पूरा हुन पाए। नेदरल्याण्ड्सले मात्र ब्याटिङ गरेको थियो।
त्यसअघि नेपालले सन् २०१५ मा नेदरल्याण्ड्स टुरमा चार टी २० आई खेलेको थियो। जसमा नेदरल्याण्ड्सले ३ खेल जित्दा नेपालले एक खेल मात्र जितेको थियो।
नेपाल टुर अफ नेदरल्याण्ड्स
पहिलो खेल :नेदरल्याण्ड्स १८ रनले विजयी
दोस्रो खेल : नेदरल्याण्ड्स १०३ रनले विजयी
तेस्रो खले : नेदरल्याण्ड्स १८ रनले विजयी
चौथो खेल : नेपाल ३ विकेटले विजयी
३, नेपाल भर्सेस आयरल्याण्ड हेड टु हेड
नेपाल र आयरल्याण्डबीच टी २० मा अहिलेसम्म एक मात्र भएको छ। सन् २०१५ मा भएको टी २० क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले लज्जासपद हार बेहोरेको थियो। उक्त खेलमा नेपाल ५३ रनमै अलआउट भएको थियो भने ८ विकेटले पराजित भएको थियो।
४, नेपाल भर्सेस ओमान
टी २० मा नेपाल र ओमानबीच अहिलेसम्म खेल भएको छैन। नेपाल र ओमान एक-आपसमा पहिलो टी २० अन्तर्राष्ट्रिय खेल खेल्ने तयारीमा छन्।