आयरल्याण्डविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं। ओमनमा जारी टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत् अहिले नेपाल र आयरल्याण्डविरुद्धको खेल जारी छ।

शृंखलामा यो नेपालको तेस्रो खेल हो।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले आठ ओभरको समाप्तिमा एक विकेट गुमाएर ६९ रन जोडेको छ।

इनिङ्सको दोस्रो र आफ्नो पहिलो ओभरमा सन्दीप लामिछानेले केभिन ओब्राइनलाई करन केसीबाट क्याचआउट गराए पनि त्यसपछि नेपालले विकेट लिन नसक्दा आयरल्याण्ड विशाल योगफलतर्फ अग्रसर भएको छ।

शृंखलामा नेपालले यसअघिका दुवै खेल जितेको छ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि जित हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस्