फिफा विश्वकप छनोट अन्तर्गत भोलि, २३ असोजमा नेपालले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा हुने यो खेल सन् २०२२ को कतार विश्वकपमा छनोटका लागि नेपालले खेल्न लागेको तेस्रो खेल हो ।
यसअघि कुवेतसँग उसको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७—० गोलले पराजित भएको थियो ।
आफ्नो दोस्रो छनोट खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै मैदानमा २—० गोलले पराजित गरेको थियो ।
अष्ट्रेलियासँग खेल्नुअघि आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्धको खेलका लागि तयार रहेको बताए । "अष्ट्रेलिया बलियो टोली हो, हामीले पनि सोही अनुरुपको तयारी गरेका छौं", प्रशिक्षक कालिनले भने ।
उनले अष्ट्रेलियामा आफ्नो टोलीको खेल हेर्न उपस्थित हुने नेपाली दर्शकको उल्लेख्य उपस्थितिले पनि खेलाडीको मनोबल बढाउने विश्वास व्यक्त गरे ।
अष्ट्रेलियन टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोलीलाई ठूलो अन्तरले हराउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताए ।
प्रशिक्षक आर्नोल्डले नेपालले कुवेत र चाइनिज ताइपेईसँग खेलेको खेललाई नजिकबाट नियालेको र आफ्नो टोली आक्रामक रणनीतिसहित मैदानमा ओर्लने बताए ।
नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार भाेलि दिउँसो २ः४५ बजे शुरू हुनेछ ।