तीन फरक खेल खेल्दै नेपाल: अष्ट्रेलियासँग फुटबल, ओमनसँग क्रिकेट, ब्याडमिन्टनका प्रिन्स फाइनल खेल्दै

काठमाडौं. बडा दशैँ अझै सकिएको छैन। आज दशैँको १२ औँ दिन, नेपालमा सबै दशैँमा रमाइरहँदा नेपाली खेलकुद भने अहिले निकै व्यस्त छ। दुई चर्चित खेल फुटबल र क्रिकेटको सिनियर टीम अहिले विदेशमा छ।

राष्ट्रिय फुटबल टीमले आज अष्ट्रेलियासँग खेल्दैछ। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपाल समूह बी को तेस्रो खेलमा आज एसियन पावर हाउस अष्ट्रेलियासँग खेल्न लागेको हो।

खेल नेपाली समय अनुसार २:४५ बजे अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित जिओ स्टेडियममा हुनेछ।

नेपालले कुवेतसँगको पहिलो खेल ७-०ले हारेको थियो। दोस्रो खेलमा चाईनिज ताईपेईलाई २-० ले पराजित गरेको थियो।

यस्तै ओमनमा भईरहेको ओमन पेन्टागुलर टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली क्रिकेट टिमले आज अन्तिम खेल खेल्दैछ।

नेपालले अन्तिम खेल घरेलु टोली ओमनसँग खेल्दैछ। पाँच राष्ट्र सहभागी सिरिजमा ओमनले अपराजित रहदै ३ वटै खेल जितेको छ।

नेपालले भने हङकङ, नेदरल्यान्ड्सलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित भएको थियो।

यसैगरी नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले आजै माल्दिभ्समा भईरहेको साउथ एसियन यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सिंगल्सतर्फ फाइनल खेल्दैछन्।

प्रिन्स भारतीय खेलाडी सारथ डुन्नासँग फाइनल खेल्नेछन्।