दक्षिण एशियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसीपमा प्रिन्स दोस्रो

माल्दिभ्समा भएको दक्षिण एसियाली क्षेत्रिय यू-२१ ब्याडमिन्टन च्याम्पियनसीपमा नेपालका युवा स्टार प्रिन्स दाहाल दोस्रो भएका छन्।

पुरुष एकलतर्फ आज भएको फाइनलमा प्रिन्स भारतीय खेलाडी साराथ दुन्नासँग पराजित हुँदै दोस्रो भएका हुन्।

च्याम्पियनसिपमा तेस्रो वरीयता पाएका सारथसँग प्रिन्स २१-१४, २१-१६ ले पारजित भएका हुन्।

गत महिना दुबई जुनियर इन्टरनेशनल सिरिजमा यू-१९ तर्फ स्वर्ण जितेका प्रिन्स घरेलु कोर्टमा भएको अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रिय सिरिजमा पुरुष एकलको सेमिफाइनलमा पुगेका थिए।

दुवै सिरिजमा प्रिन्सको उपलब्धी नेपाली खेलाडिको लागि कीर्तिमान हो। पछिल्लाे समय १६ वर्षीय प्रिन्सले भाग लिएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउँदै आएका छन्।

युवा उमेरमै प्रिन्सले नेपाली ब्याडमिन्टनमा ठूलो छलाङ मारिरहेका छन्। नेपालमै आगामी १५-२५ मंसिरमा हुने १३औं दक्षिण एशियाली खेलकुदका लागि समेत प्रिन्स छनोट भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्