काठमाडौं। युवा लेग स्पीनर सन्दीप लामिछानेसहित करण केसी र अभिनाश बोहरा पहिलो पटक आइसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा समावेश भएका छन्।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा तीन खेलाडी बलरतर्फ समावेश भएका हुन्। करण केसी भने अलराउण्डरतर्फ पनि अटाएका छन्। तीन नयाँ खेलाडिको इन्ट्रीपछि टी २० वरीयतामा नेपालबाट कूल ६ खेलाडी परेका छन्। कप्तान पारस खड्का ब्याट्सम्यान र अलराउण्डरतर्फ छन् भने सोमपाल कामी बलर र अलराउण्डरतर्फ छन्। यस्तै स्पीनर बसन्त रेग्मी पनि बलरको वरीयतामा छन्।
दुई साताको अवधीमा सिंगापुर र ओमानमा टी-२० सिरिज खेलेपछि नेपाली खेलाडीहरु वरीयतामा समावेश भएका हुन्। ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपालका करण केसीले सर्वाधिक ११ विकेट लिएका थिए। उनले दुई खेलमा ४-४ विकेट लिएका थिए। यस्तै सन्दीपले एक खेलमा ४ सहित कूल ७ विकेट लिएका थिए। सन्दीपले त्यसअघि सिंगापुरमा भएको सिरिजमा नेपाली बरमध्ये सर्वाधिक ५ विकेट लिएका थिए।
यसअघि नै ब्याट्सम्यान र अलराउण्डरको वरीयतामा रहेका कप्तान पारसले वरीयतामा सुधार गरेका छन्। उनी ब्याट्सम्यानतर्फ ४५औं स्थानमा पुगेका छन्। पारस यसअघि ६६औं स्थानमा थिए। यस्तै अलरउण्डरतर्फ पारस २४औं स्थानमा उक्लेका छन्। पहिलो पटक टी-२० वरीयतामा परेका युवा स्टार सन्दीप लामिछाने ६४औं स्थानमा रहेका छन्। उनी बलरतर्फ नेपालबाट सबैभन्दा अगाडि छन्। उनको ४२२ रेटिङ छ।
पहिलो पटक वरीयतामा परेका करण केसी ३७७ रेटिङसहित ८३ औं स्थानमा रहेका छन् भने अभिनाश ३५२ रेटिङसहित १०० औं स्थानमा छन्। सोमपाल ६८औं स्थानमा रहँदा बसन्त ९०औं स्थानमा झरेका छन्। यसैगरी अलराउण्डरतर्फ सोमपाल कामी ६२औं र करण केसी ८२औं स्थानमा छन्।