साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार
आज भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको थियो।

थिम्पुमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन शाहिदा अख्तरले १२औं र शामसुन्नहरले २५औं मिनेटमा गोल गरिन्।

नेपालकी अमिषा कार्कीले ६४औं मिनेटमा एक गोल फर्काइन्।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २-० ले हराएको थियो।

लगातार दोस्रो हारपछि नेपालका प्रशिक्षक राकेश श्रेष्ठले नेपालले पाएकाे अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको प्रतिक्रिया दिए।

“खेलाडीले पनि आफ्नो शतप्रतिशत दिन सकेनन्,” श्रेष्ठले भने, “पहिलो हाफमा सोचे जस्तो खेल्न सकेन। दोस्रो हाफमा नेपाल खेलमा फर्किए पनि गोल गर्न सकेन। पहिलो गोलपछि नेपाली खेलाडी आत्तिएझैं देखिए।”

श्रेष्ठले अब भुटानसँग राम्रो खेल्न प्रयास गर्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्