केन्याली धावक किपचोगेद्वारा म्याराथनमा विश्व कीर्तिमान

काठमाडौं। केन्याका एलिउड किपचोगेले दुई घण्टाभन्दा कम समयमा म्याराथन पुरा गरेका छन्। यो कीर्तिमानीसँगै उनी यसो गर्ने पहिलो धावक समेत बने।

३४ वर्षीय किपचोगेले ४२ दशमलब २ किलोमिटरको दूरी १ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गरेका हुन्।

उनले अष्ट्रियाको भिएनामा ‘आइएनईओएस १:५९ च्यालेन्ज’ मा यो उपलब्धी हासिल गरे। तर, यसले आधिकारीक विश्व कीर्तिमानको मान्यता भने पाउने छैन।

यो खुला प्रतिस्पर्धा नभएको बीबीसीले उल्लेख गरेको छ।

कम समयमा म्याराथन पूरा गर्ने विश्व कीर्तिमान भने उनकै नाममा छ। किपचोगेले गत सेप्टेम्बरमा बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेण्डमा दौड पूरा गर्दै कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्