अष्ट्रेलियामा आजदेखि रिचा मेमोरियल क्रिकेट टुर्नामेन्ट

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा अष्ट्रेलियामा आजदेखि रिचा मेमोरियल क्रिकेट टुर्नामेन्ट २०१९ हुँदैछ।

सगरमाथा क्रिकेटको आयोजना तथा भिक्टोरिया नेप्लिज क्रिकेट एसोसियसनको सहकार्यमा भिक्टोरिया, मेलबर्नमा १३ अक्टोवरदेखि प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा ८ वटा टिमले प्रतिस्पर्धा गर्ने सगरमाथा क्रीकेट क्लब मेलबर्नका पुर्ब अध्यक्ष तथा भिक्टोरिया नेप्लिज क्रिकेट एसोसिएशनका अध्यक्ष बिबेक श्रेष्‍ठले जानकारी दिए। बिबेक रिचाका श्रीमान् हुन्। रिचाका दुई जना दाजु युनिल र मन्जित श्रेष्ठले राष्ट्रिय टिमका लागि खेलिसकेका छन्।

प्रतियोगितामा हप्तामा एक दिन मात्र खेल हुनेछ। जसअन्तर्गत आज चार खेल हुनेछ। पहिलो खेल सगरमाथा ब्रिलियन्ट र दी हिमालयन क्लबबीच हुनेछ।

प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्