फौजीलाई रुपैयाँको सट्टा तलबमा जमीन दिइन्थ्यो काठमाडौं।२००० साल अघिसम्म प्रायः फौजी अधिकृत र जवानहरुलाई जागीरबापत रुपैयाँ नभइ जमीन सट्टाभर्ना दिने गरिन्थ्यो।पृथ्वीनारायण शाहले शुरु गरेको यो थितिलाई राणा सरकारहरुले पछिसम्म कायम राखेका थिए।काठमाडौंको सेरोफेरोको तिर्जाको बालीसम्म फौजी मानिस आफैले उठाउने भएपनि यातायातको असुविधा र समय अभावले गर्दा सुदूरपश्चिमको तिर्जा उठाउन जान सम्भव थिएन।त्यसैले ठाउँठाउँका मानिसले आफ्ना भेकका तिर्जा जागीरदारसँग किन्नलाई हिउँदताका धोक्राभरि रुपैयाँ लिएर काठमाडौं आउँदथे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्