सुनपानी छर्के जेपनि चोखो मान्ने, त्यो समय
काठमाडौं।पहिलेको समउमा घरघरै गाई,भैंसी,बाख्रा र मतवालीकहाँ सुँगुर,कुखुरा पालिने हुँदा खाद–मलको अभाव थिएन।भकाराको कालो गोबरका मलले खेतबारी ढपक्कै ढाकिन्थ्यो।धान, मकै,कोदो,भटमास,मास, बोडी इत्यादिका बिउ छर्दा र रोप्दा त्यसमा सुनपानी छर्कन्थे। मल,जल र बलको खाँचोले अन्नको उत्पादनमा ह्रास आउन पाएको थिएन।त्यस बखत गाउँघरमा पनि प्रतिस्पर्धाको भावना थियो,नजानिदो किसिमले।क्या थियो त्यस बेलाको नेपाल ।
प्रतिक्रिया दिनुहोस्